ADD FOR WEBSIDE ADD FOR WEBSIDE

क्यानाडाको दोस्रो टोलीसंग पनि हार्‍यो नेपाल

शनिबार, असोज १९, २०८१

काठमाडौँ : नेपाली क्रिकेट टोलीको प्रदर्शन निरन्तर खस्कदैँ गएको छ ।

आईसीसी विश्वकप लिग २ अमेरिका खेल्न जानुअघिको अभ्यास खेलमा नेपाल क्यानडाको दोस्रो रोजाइको टोलीसँग पनि पराजित भएको छ । शुक्रवार राती भएको खेलमा नेपाल क्यानडाको हाइप्रोफेमेन्स (एचपी) सँग ३ विकेटले पराजित भएको हो । नेपालले दिएको १४४ रनको लक्ष्य एचपीले ३६.५ ओभरमा ७ विकेट गुमाएर भेटायो ।

एचपीको जितमा युवराज शर्माले सर्वाधिक ४४ रनको योगदान गरे ।  शुभम शर्माले २९, गर्नेक जोहालले १७ तथा ओलिभर कक्सले १६ रन जोडे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोेजेको नेपालले ३९.४ ओभरमा सवै विकेट गुमाएर १४३ रन बनाएको थियो । नेपालका अनिल कुमार साहले ३४,अर्जुन साउदले ,३३ रन कुशल भुर्तेलले २५ तथा कुशल मल्लले ७ रन जोडे । नेपालले अब एचपीसंग मंगलबार अर्को खेल खेल्नेछ ।

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  ०९:०४
प्रतिक्रिया दिनुहोस्