ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एसिया रग्बी दुवैतर्फको उपाधि फिलिपिन्सलाई

शनिबार, असोज १९, २०८१

काठमाडौँ : एसिया रग्बी ट्रफीमा पुरुष तथा महिला दुवैतर्फको उपाधि फिलिपिन्सले जितेको छ ।

एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न प्रतियोगिताको फाइनलमा पुरुषतर्फ फिलिपिन्सले चाइनिज ताइपेई र महिलातर्फ भारतलाई हराउँदै उपाधि जितेको हो ।

फाइनलमा फिलिपिन्सको पुरुष टालीले चाइनिज ताइपेइलाई २७–१४ को स्कोरले पराजित गरेको हो भने महिलातर्फको भारतलाई ७–५ को स्कोरले हराएको हो ।

प्रतियोगितामा एसियाका १६ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । जसमा पुरूषतर्फ १४ र महिलातर्फ सात टोली सहभागी थिए ।
 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  २०:२०
प्रतिक्रिया दिनुहोस्