ADD FOR WEBSIDE ADD FOR WEBSIDE
प्रिमियर लिग:

प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बन्दै

सीटी र आर्सनलको तिब्र प्रतिस्पर्धा 
बिहीबार, वैशाख २७, २०८१

काठमाडौँ :ईङ्लिस प्रिमियर लिग फुटबलको उपाधि होड निकै रोमाञ्चक अबस्थामा आईपुगेको छ । आर्सनल ,म्यान्चेस्टर सीटी र लिभरपुलसहित तीन टोली उाधिको दौडमा देखिन्छन् । उपाधि होडमा तीन टोली देखिएपनि मुख्य प्रतिस्पर्धा भने आर्सनल र म्यानचेस्टर सीटीबीच नै देखिन्छ ।

३६ खेल खेलको आर्सनलले २६ खेलमा जित निकाल्दा पाँच खेलमा हार र पाँच खेल बराबरीमा सकाएको छ । ८३ अंक सहित शिर्ष स्थानमा रहेको आर्सनलले ६० गोल गरेको छ । शिर्ष स्थानमा आर्सनल भएपनि म्यानचेस्टर सीटीको च्याम्पियन बन्ने शतप्रतिशत सम्भावना छ । आर्सनलले भन्दा एक खेल कम खेलेर पनि सीटीले ८२ अंक जोडेको छ ।

शनिवार फुलह्यामसंग हुने खेलमा सीटीले जित निकाले ८५ अंक सहित शिर्ष स्थानमा पुग्ने छ । यस्तो अवस्थामा आर्सनलको भन्दा २ अंक बढी सीटीले बनाउनेछ । फुलह्यामसंग बराबरी मात्रै गरेपनि आर्सनलसंग समान अंक बनाउन सक्छ । जसका कारण उपाधि होड थप रोमाञ्चक बन्न सक्छ ।

सीटी र आर्सनलले आगामी खेलमा कमजोर प्रदर्शन गरेको खण्डमा तेस्रो स्थानमा रहेको लिभरपुललाई उपाधि जित्ने मौका हुन सक्छ ।

-यस्तो छ उपाधि होडमा रहेका तीन टोलीको अंक तालिका :
आर्सनलः
कूल खेलेको खेल संख्याः ३६
जित २६
हार ५ 
बराबरी ५
गोलसंख्या ६० 
अंक ८३


म्यानचेस्टर सीटीः
कूल खेलेको खेल संख्याः३५
जित २५
हार ३
बराबरी ७
गोलसंख्या ५४ 
अंक ८२


लिभरपुल :
कूल खेलेको खेल संख्याः३६
जित २३
हार ४ 
बराबरी ९
गोलसंख्या ४३
अंक ७८
आगामी शनिवार प्रिमियर लिगमा ८ खेलहरु हुँदैछन् । जसमा पहिलो खेलमै सीटीले फुलह्यामसंग खेल्दैछ । यस खेलमा जित निकाले सीटीले उपाधि सहजै जित्ने सिनारियो छ ।
हेड टु हेड:
हेड टु हेडमा सीटी नै बलियो देखिन्छ । सन् २०२३ मा यी टोलीबीच दुई खेल भएको छ । यी दुबै खेलमा सीटी बिजयी भएको छ । सन् २०२३ को एप्रिलमा भएको खेलमा फुलह्याम २–१ गोलले पराजित भएको थियो । त्यसलगत्तै सेप्टेम्बरमा भएको खेलमा सीटीले फुलह्यामलाई ५–१ गोलले हराएको थियो । जुन खेलमा  एर्लिंग हाल्याण्डले तीन गोल गर्दै म्यानअफ दि म्याच चुनिएका थिए । पछिल्लो पाँच खेलमा पनि सीटी अपराजित छ ।


प्रिमियर लिगमा सहभागी २० टोलीले कूल ३८÷३८ खेल खेल्नेछन् । सबैभन्दा बढी जितका साथ शिर्ष स्थानमा रहने टोलीले उपाधि हात पार्नेछ । शिर्ष स्थानमा रहने चार टोली युईएफए च्याम्पियन्स लिगमा छनौट हुनेछन् । पाँचौ स्थानमा रहने एक टोलीले युरोपा लिग खेल्ने अवसर पाउनेछ भने पुछारमा रहने तीन टोली रेलिगेशनमा पर्नेछन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०९:३२
प्रतिक्रिया दिनुहोस्