ADD FOR WEBSIDE ADD FOR WEBSIDE

श्रीलंकामाथि अष्ट्रेलियाले ६ विकेटले विजयी

आइतबार, असोज २०, २०८१

काठमाडौँँ : आइसीसी महिला टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ ।

युएईको सारजाहा क्रिकेट रंगाशालामा शनिवार सम्पन्न खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको हो ।  ९४ रनका सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले १४ ओभर २ बलमा ४ विकेटको क्षेतिमा भेटायो । अष्ट्रेलियाको जितमा बेथ मुनीले सर्वाधिक ४३ तथा एलिस पेरीले १७ रन जोडिन् ।

यसअघिटस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९३ रन बनाएको थियो । उसकालागि निलाक्सिखा शिल्भाले सर्वाधिक २९ रन जोडिन् ।

हरशिता सामराविकर्माले २३ तथा अनुश्का संजिवनीले १६ रन जोडेपनि अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

श्रीलंकाको यो लगातार दोस्रो हार हो । 
 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  ०७:०४
प्रतिक्रिया दिनुहोस्