ADD FOR WEBSIDE ADD FOR WEBSIDE

भारत र पाकिस्तान भिड्दै

आइतबार, असोज २०, २०८१

काठमाडौँँ :आइसीसी महिला टी–२० विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दैछन् ।

नेपाली समय अनुसार दिउँसो पौने चार बजे युएइमा हुने खेलमा भारत पहिलो जितको खोजिमा हुनेछ । न्यूजल्याण्डसंग ५८ रनले हारेको भारत आज पाकिस्तानलाई हराउँदै पहिलो जित निकाल्न चाहान्छ ।

पहिलो खेलमा श्रीलंकामाथि जित निकालेकोे पाकिस्तान उच्च मनोवलमा छ । पछिल्ला पाँच खेलमा भारत अगाडी छ । खेलेका पाँच खेलमा ३ मा जित निकालेको भारतले दुई खेलमा पराजय भोगेको छ ।

पाकिस्तानले तीन खेलमा जित निकाल्दा २ खेलमा पराजय भोगेको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  ०८:४६
प्रतिक्रिया दिनुहोस्