ADD FOR WEBSIDE ADD FOR WEBSIDE

क्यानाडामा नेपालको पहिलो जित 

आइतबार, असोज २०, २०८१

काठमाडौँ :  घरेलु टोली क्यानडाको दोस्रो टोलीविरुद्ध नेपालले पहिलो जित निकालेको छ ।

टोरोन्टोको किंग सिटीमा भएको खेलमा नेपालले स्थानिय टोलीलाई २० रनले पराजित गरेको हो । जितकालागि नेपालले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको क्यानडाको स्थानिय टोलीले ४५.३ ओभरमा सवै विकेट गुमाउँदैै १ सय ५६ रन मात्र जोड्न सक्यो । उसकालागि ओलिभर कक्सले सर्वाधिक ३९ , मुनिर अहमदले , ३६ तथा युवराज शर्माले २३ रन जोडे ।  

उसलाई सस्तैमा समेट्ने क्रममा ललित नारायण राजवंशी र गुलशन कुमार झाले समान २ तथा दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल र कुशल भुर्तेलले १ विकेत हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको  नेपालले ४६.१ ओभरमा सवै विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।

नेपालका लागि कप्तान सोमपाल कामीले ३१, दीपेन्द्रसिंह ऐरीले २७, अनिल शाहले २५ तथा आरिफ शेखले १८ रन जोडेका थिए ।  
 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  ०८:५८
प्रतिक्रिया दिनुहोस्