ADD FOR WEBSIDE ADD FOR WEBSIDE

न्यूजल्याण्ड टी-२० विश्वकपकाे सेमिफाइनलमा

मंगलबार, असोज २९, २०८१

काठमाडौं:पाकिस्तानलाई हराउँदै न्यूजल्याण्ड महिला टी-२० विश्वकप क्रिकेटकाे सेमिफाइनलमा प्रवेश गरेको छ।

दुबईमा गएराति भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई ५४ रनले हराउँदै न्यूजल्याण्ड सेमिफाइनल पुगेकाे हाे ।

जितकालागि न्यूजल्याण्डले दिएकाे १११ रनकाे लक्ष्य पछ्याएकाे पाकिस्तान ५६ रनमा अलआउट भयाे ।

उसका लागि कप्तान फतिमा सानाले २१ र ओपनर मुनिबा अलीले १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

न्यूजल्याण्डले चार मध्ये तीन खेलमा जितसहित ६ अंक बटुलेर अन्तिम चारमा स्थान बनाउदा  पाकिस्तान र भारत प्रतियोगिताको समूह चरणबाट बाहिरीएका छन्।

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्