ADD FOR WEBSIDE ADD FOR WEBSIDE

फाइनल पुग्न अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै 

बिहीबार, कात्तिक १, २०८१

काठमाडौँ : महिला टी–२० विश्वकप क्रिकेटमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ ।

युएईको दुवाईमा नेपाली समयअनुसार बेलुकी पौने ८ बजे हुने पहिलो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । भारतलाई हराउँदै सेमिफाइनलमा पुगेको अष्ट्रेलिया दक्षिण अफ्रिकालाई हराउँदै फाईनलमा स्थान बनाउन चाहान्छ ।

बंगालादेशलाई हराउँदै सेमिफाईनल पुगेको दक्षिण अफ्रिकापनि अष्ट्रेलियालाई हराउँदै फाईनल पुग्ने दाउमा छ ।

दोस्रो सेमिफाइनलमा भोली वेष्टइण्डिज र न्यूजल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्