ADD FOR WEBSIDE ADD FOR WEBSIDE

साफ महिला च्याम्पियनसिप आजदेखि

बिहीबार, कात्तिक १, २०८१

काठमाडौँ: सातौँ संस्करणको साफ महिला च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

दशरथ रङ्गशालामामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा  बेलुकी साढे ५ बजे शुरु हुनेछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश सहभागी छन् ।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स छन् ।

नेपालले भोलि भुटानसँग खेल्न तालिका छ ।

प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १६:४७
प्रतिक्रिया दिनुहोस्