ADD FOR WEBSIDE ADD FOR WEBSIDE

फुटसल टोलीको मुख्य प्रशिक्षकमा महर्जन नियुक्त

बिहीबार, कात्तिक १, २०८१

काठमाडौँ : नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज एन्फा महासचिव किरण राईले महर्जनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । त्यस्तै टिमको सहायक प्रशिक्षकमा सुमितकुमार आले र टिम म्यानेजरमा राज महर्जन नियुक्त भएका छन् ।

सहायक प्रशिक्षक आले र टिम म्यानेजर महर्जनलाई पनि महासचिव राईले नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्