ADD FOR WEBSIDE ADD FOR WEBSIDE

भारतले पाकिस्तानलाई पाँच दुई गोलले हरायो

बिहीबार, कात्तिक १, २०८१

काठमाडौँ : सातौँ संस्करणको साफ महिला च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामामा आज भएको उद्घाटन खेलमा पाकिस्तानलाई ५–२ गोलले हराउँँदै भारतले विजयी सुरुवात गरेको हो । भारतको जितमा ग्रेस डेङ्माईले दुई गोल गरिन् । मनिषा ,ज्योति र बालादेवीले एक/एक गोल गरिन् । पाकिस्तानकालागि सुहा हिरानी र कायला सिद्धिकीले एक/एक फर्काइन् ।

खेलको चौथो मिनेटमै पाकिस्तानविरुद्ध अग्रता बनाएको भारतले दोस्रो हाफमा लगातार गोलको बर्षा गरायो । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश सहभागी छन् ।

साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स छन् ।

नेपालले भोलि पहिलो खेलमा भुटानसँग खेल्नेछ ।  

May be an image of 3 people, people playing football, people playing soccer and text

May be an image of 3 people, people playing soccer, people playing football and text

May be an image of 3 people, people playing football, people playing soccer and text

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १९:३९
प्रतिक्रिया दिनुहोस्