HOLI HOLI
साफ महिला च्याम्पियनसिप

नेपालले आज भुटानसंग खेल्ने

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौँ : साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले भुटानसंग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा  बेलुकी साढे ५ बजे शुरु हुने खेलमा नेपाल भुटानलाई हराउँदै घरेलु मैदानमा विजयी सुरुवात गर्न चाहान्छ । सर्वाधिक पाँच पटक फाईनल पुगेपनि नेपालले उपाधि भने उचाल्न सकेको छैन ।

दक्षिण एसियाली महिला फुटबलमा भारतको दबदबा छ  । भारतले अहिलेसम्म पाँच पटक उपाधि उचालेको छ । उद्धघाटन खेलमा भारतले पाकिस्तानलाई पाँच दुई गोलले हराउँदै विजयी सुरुवात गरिसकेको छ ।

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश सहभागी छन् ।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलंका र माल्दिभ्स छन् ।

प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ०५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला फुटबल वरियतामा नेपालको फड्को
शुक्रबार, कात्तिक २, २०८१

'बी' डिभिजन लिगको तयारी पूरा
शुक्रबार, कात्तिक २, २०८१

एपिएफ महिला गोल्ड कपको फाइनलमा
शुक्रबार, कात्तिक २, २०८१