ADD FOR WEBSIDE ADD FOR WEBSIDE
महिला टी–२० विश्वकप 

अष्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका फाईनलमा

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौँ : दक्षिण अफ्रिका महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

युएईको दुवाईमा बिहिवार राती भएको पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई ८ विकेटले हराउँदै दक्षिण अफ्रिका फाईनलमा प्रवेश गरेको हो । जितकालागि अष्ट्रेलियाले दिएको १३५ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७.२ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो ।

दक्षिण अफ्रिकाको जितमा एनेके बोशले बिस्फोटक ब्याटिङ गर्दै अर्धसतकीय पारी खेलिन् । ४८ बलको सामना गरेकी उनले ८ चौका र एक छक्का हिर्काउँदै ७४ रनमा अविजित रहिन् ।

कप्तान लौरा वोल्भार्डले ४२ रनको योगदान गरिन् । ३७ बल खेलेकी उनले ३ चौका र एक छक्का प्रहार गरिन् । थाजमिन ब्रिट्सले १५ रन बनाईन् ।

southafrica-cricket-women-1729182147.jpg


 

त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३४ रन बनाएको थियो । उसकालागि बेथ मुनीले सर्वाधिक ४४ रन जोडिन् ।

एलिस पेरीले ३१ तथा कप्तान ताहलिया म्याकग्राले २७ रन जोडिन् । दोस्रो सेमिफाइनलमा आज वेष्टइण्डिज र न्यूजल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ०७:१२
प्रतिक्रिया दिनुहोस्