ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपालले दियो अमेरिकासामु १६५ रनको लक्ष्य 

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौँ : अमेरिकाविरुद्धको पहिलो टि–२० क्रिकेटमा नेपालले जितकालागि १६५ रनको लक्ष्य दिएको छ ।

अमेरिकाको डालास स्थित ग्रान्ड प्रेरीमा टस हारेर पहिले ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६४ रन बनायो । नेपालकालागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान गरे ।

दिपेन्द्र सिं ऐरीले २८ तथा अनिल शाह र आशिफ शेखले समान २७/२७ रन जोडे ।

गुल्शन झाले ११ तथा कुशल भुर्तेलले १० रन बनाए । करण केसी र आरिफ शेखले खातानै खोल्न सकेनन ।  
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ०७:२४
प्रतिक्रिया दिनुहोस्