ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपालले अमेरिकालाई १७ रनले हरायो

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौँ :अमेरिकाविरुद्धको पहिलो टी–२० क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ ।

आज बिहान  डालासमा भएको खेलमा नेपालले घरेलुटोली विरुद्ध १७ रनको जित निकालेको हो । जितकालागि नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्रै बनाउन सक्यो । उसकालागि शयन जहान्गिरले सर्वाधिक ६० रन बनाएपनि जित दिलाउन सकेनन् ।

आन्द्रेस गौसले ३० तथा मिलिन्द कुमारले २२ रन जोडे । बलिङतर्फ नेपालको लागि दीपेन्द्र सिं ऐरीले सर्वाधिक ३ विकेट लिए । रिजन ढकाल, करण केसी र गुल्शन झाले समान एक विकेट हात पारे ।

त्यसअघि अमेरिकाको डालास स्थित ग्रान्ड प्रेरीमा टस हारेर पहिले ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६४ रन बनाएको थियो ।

नेपालकालागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान गरे ।दिपेन्द्र सिं ऐरीले २८ तथा अनिल शाह र आशिफ शेखले समान २७-२७ रन जोडे ।

गुल्शन झाले ११ तथा कुशल भुर्तेलले १० रन बनाए । करण केसी र आरिफ शेखले खातानै खोल्न सकेनन ।  

जितसंगै नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । नेपालले अब दोस्रो खेल आइतबार बिहान खेल्नेछ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ०९:३८
प्रतिक्रिया दिनुहोस्