ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पाँचपोखरी ट्रेल रेसमा खोटाङकी निर्मला प्रथम

शुक्रबार, कात्तिक २, २०८१

मेलम्ची : ‘पाँचपोखरी महिला ट्रेल रेस’मा खोटाङकी निर्मला राई प्रथम भएकी छन् ।

निर्धारित २८ किलोमिटरको दूरी  उनले दुई घण्टा २८ मिनेटमा पूरा गरेकी हुन् । ओखलढुङ्गाकी लाक्पा निङ्मा शेर्पा दोस्रो तथा सिन्धुपाल्चोक हेलम्बुकी नितु तामाङ तेस्रो भईन् । शेर्पाले निर्धारित दूरी दुई घण्टा ४९ मिनेटमा पुरा गर्दा तेस्रो भएकी तामाङले दुई घण्टा ५८ मिनेट लगाएकी थिइन् । प्रथम भएकी राईले प्रमाणपत्रसहित नगद  ५० हजार प्राप्त गरिन् ।

विजेता राईलाई उपसभामुख इन्दिरा रानाले पुरस्कार प्रदान गरेकी थिईन् । उक्त प्रतियोगिता पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरी कुण्डबाट सुरु भएको थियो ।

महिलाको क्षमता विकासका लागि यो ट्रेल रेस आयोजना गरिएको आयोजक विश्व समावेशी साहसी संस्थाकी माया गुरुङले जानकारी दिईन् । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १४:२६
प्रतिक्रिया दिनुहोस्