ADD FOR WEBSIDE ADD FOR WEBSIDE

महिला टी–२० विश्वकप : वेष्टइण्डिज र न्यूजल्याण्ड भिड्दै 

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौँ : महिला टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज वेष्टइण्डिज र न्यूजल्याण्डबीच प्रतिस्पर्धा हुदैँछ ।

नेपाली समय अनुसार साँझ पौने ८ बजे युएईको सारजाहा क्रिकेट स्टेडियममा हुने खेलमा दुवै टोली जित निकाल्दै फाइनल पुग्ने योजनामा हुनेछन् ।

आजको विजेताले उपाधिकालागि दक्षिण अफ्रिकासंग खेल्ने छ । गएराती भएको पहिलो सेमिफाईनलमा अष्ट्रेलियालाई ८ विकेटले हराउँदै दक्षिण अफ्रिका फाईनलमा पुगिसकेको छ ।

फाइनल खेल आईतवार हुनेछ ।  
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्