ADD FOR WEBSIDE ADD FOR WEBSIDE

इङ्गल्याण्डविरुद्धको दोस्रो टेस्टमा पाकिस्तान १५२ रनले विजयी

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौँ :इङ्गल्याण्डविरुद्धको दोस्रो टेस्टमा पाकिस्तान विजयी भएको छ ।

आज टेस्टको चौथो दिन पाकिस्तानले इङ्ग्ल्याण्डलाई १५२ रनले पराजित गरेको हो । पाकिस्तानले दिएको २९७ रनको लक्ष्य पछ्याउने क्रममा पाहुना टोली इङल्याण्ड १४४ रनमा अल आउट भयो । इङ्ग्ल्याण्डका कप्तान बेन स्टोक्सले सर्वाधिक ३७, ब्रायडन कार्सले २७, ओलि पोपले २२ तथा जो रुटले १८ रन जोडे । पाकिस्तानका नुमान अलिले ८ विकेट लिए ।

साजिद खानले २ विकेट हात पारे । यस टेस्टमा पाकिस्तानले पहिलो इनिङ्गमा ३६६ रन बनाएको थियो भने इङ्ग्ल्याण्डले पहिलो इनिङ्गमा २९१ रन बनाएको थियो ।

त्यस्तै पाकिस्तानले दोस्रो इनिङ्गमा २२१ रन बनाएपछि इङ्ग्ल्याण्डलाई २९७ रनको लक्ष्य दिएको थियो ।

यो जितपछि ३ खेलको सिरिजमा १–१ को बराबरी भएको छ ।

दुई टोलीबीचको तेस्रो तथा अन्तिम टेस्ट अक्टोबर २४ देखि रावलपिण्डीमा सुरु हुने छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १४:५४
प्रतिक्रिया दिनुहोस्