ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सन्दीपलाई अमेरिकाले भिषा दियो,आज साँझ उड्ने

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौँ :राष्ट्रिय टोलीका खेलाडी एवम् पूर्व कप्तान सन्दीप लामिछानले अमेरिकी भिषा पाएका छन् ।

राष्ट्रिय क्रिकेट टिमसँगै क्यानडा टुरमा गएका लामिछाने अमेरिकाले भिषा नदिएपछि नेपाल फर्किएका थिए । भिषा पाएसंगै लामिछाने आजै साँझ अमेरिका उड्ने भएका छन् ।

सन्दीपले आइसीसी विश्वकप लिग–२ को अमेरिका र स्कटल्याण्डविरुद्धको सिरिज खेल्न पाउने भएका छन् ।

त्यसअघि अमेरिकासंगको  बाँकी टी–२० आई क्रिकेटपनि खेल्न सक्ने नेपाल क्रिकेटसंघ क्यानले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्