HOLI HOLI
साफ महिला च्याम्पियनसिप

श्रीलंकाले माल्दिभ्सलाई हरायो 

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौँ :साफ महिला च्याम्पियनसिप फुटबलमा श्रीलंकाले विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै श्रीलंकाले विजयी सुरुवात गरेको हो । श्रीलंकाको जितमा खेलको १७ औँ मिनेटमा इमिसा वार्नाकुलासूर्याले गरेको गोल नै निर्णायक बन्यो ।

 जितपछि श्रीलंकाले समुह बी मा ३ अंक जोडेको छ ।

विहिबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा भारतले पाकिस्तानलाई ५–२ गोल अन्तरले हराएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला फुटबल वरियतामा नेपालको फड्को
शुक्रबार, कात्तिक २, २०८१

'बी' डिभिजन लिगको तयारी पूरा
शुक्रबार, कात्तिक २, २०८१

एपिएफ महिला गोल्ड कपको फाइनलमा
शुक्रबार, कात्तिक २, २०८१