ADD FOR WEBSIDE ADD FOR WEBSIDE

 गल्कोट कप भलिबलको उपाधि अस्ट्रेलियालाई 

बुधबार, चैत २१, २०८०

काठमाण्डौँ  :ढोरपाटन क्लब अस्ट्रेलियाले दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता २०२४ को उपाधि जितेको छ । फाइनलमा छन्त्याल परिवार अस्ट्रेलियालाई ३–१ को सेटमा पराजित गर्दै ढोरपाटनले उपाधि जित्न सफल भएको हो ।

अस्ट्रेलियाको सिड्नीस्थित ओवर्न बास्केटबल सेन्टरमा भएको एक दिने प्रतियोगिताको फाइनलमा ढोरपाटनले पहिलो तेस्रो र चौथो सेट जित्दा दोस्रो सेट गुमाएको थियो ।

पछिल्लो दुई सातामा ढोरपाटनको यो दोस्रो उपाधि हो । दुई साताअघि ढोरपाटनले आठौं तोरनल्ह रनिङ कप भलिबल प्रतियोगिताको उपाधि जितेको थियो ।

उपाधिसँगै ढोरपाटनले २ हजार ५ सय अस्ट्रेलियन डलरका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको छन्त्यालले १ हजार ५ सय डलरसँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

ढोरपाटनका निश्चल सापकोटा सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले १ सय अस्ट्रेलियन डलर प्राप्त गरे । ढोरपाटनकै विश्व घर्तीमगर सेटर माधव पुन सर्भर र सरोज घर्तीमगर उत्कृष्ट लिवेरो चुनिए । उनीहरुले ५० अस्ट्रेलियन डलर प्राप्त गरे ।

अस्ट्रेलियामा रहेका बागलुङ गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया ९जिएसए० को आयोजनामा भएको एक दिने प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका विभिन्न १२ टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगितालाई नमस्ते ज्वेलर्सले मुख्य प्रायोजन गरेको थियो । बिएनबी होम लोन, एएलडी कर्पोरेट, वल्ड दरवार, हाम्रो रेमिट, दा भिन्ची टुर्स एण्ड ट्राभल्स, ग्लोबल कन्सल्ट एजुकेसन एण्ड भिजा, लालटिन कजिन, युनिक होम्स, डिबि सर्भिस ग्रुप र एभरेस्ट तन्दुरीले पनि साथ रहेको थियो ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्