ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आइपीएल :

पञ्जाव किङ्ग्ससामु २४२ रनको चुनौती

बिहीबार, वैशाख २७, २०८१


काठमाडौं: विराट कोहलीको विस्फोटक ब्याटिङमा इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंलुरुले पञ्जाव किङ्ग्स समक्ष २४२ रनको चुनौती पेश गरेको छ । 
हिमाञ्चल प्रदेशस्थित धर्मशाला क्रिकेट मैदानमा टस जितेर पञ्जावले फिल्डि रोजेपछि शुरुवाती ब्याटिङको निम्तो पाएको बैलुरुले निर्धारित २० ओभरमा  ७ विकेटको क्षतिमा २४१ रन बनायो ।
बैंलुरुका लागि विराट कोहलीले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ९२ रन जोड्दै क्याच आउट भए । ४७ बलका सामना गरेका उनले ७ चौका र ६ छक्काको मद्दतमा शतक बनाउन ८ रनले चुके ।
त्यस्तै रजत पाटिदरले ५५ रन जोडे । क्यामरुन ग्रीनले ४६ रन बनाए । दिनेश कार्तिकले १८, विल ज्याक्स १२ रनमा क्याच आउट भए ।    
बैंलुरुलाई सस्तैमा समेट्ने क्रममा पञ्जावका हर्सल पटेलले सर्वधिक ३, विद्वत कविरप्पाले दुइ तथा अर्षदीप सिंह र साम चुरनले एक एक विकेट झारे ।
प्ले अफको सम्भावना जोगाइराख्न बिहिवारको खेल जित्नैपर्ने दबाब दुवै टोलीलाई छ । खेलमा पराजित हुने टोली प्लेअफ सम्भावनाबाट औपचारिक रुपमै बाहिरने दोस्रो टोली हुनेछ । यसअघि मुम्बई इण्डियन्स बाहिरिइसकेको छ । 

बिहिवार मैदानमा उत्रिएको बैंलुरु र पञ्जावले समान ११ ÷११ खेल खेलेकामा ४ मा जित र ७ खेलमा समान पराजय भोगेको छ । ८ अंकको बैंलुरु तालिकाको ७ औं स्थानमा रहँदा समान अंक जोडेको पञ्जाव ८ औं स्थानमा छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  २२:०५
प्रतिक्रिया दिनुहोस्