ADD FOR WEBSIDE ADD FOR WEBSIDE

इमर्जिङ एसिया कप: बङ्गालादेशको विजयी सुरुवात

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौँ : एसीसी पुरुष टी–२० इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा बङ्गालादेश "ए" ले विजयी सुरुवात गरेको छ ।

आज भएको उद्घाटन खेलमा हङकङलाई ५ विकेटले हराउँदै बंगलादेशले विजयी सुरुवात गरेको हो । जितकालागि हङकङले दिएको १५१ रनको लक्ष्य बङ्गालादेशले १० बल बाँकी छँदै ५ विकेटको क्षतिमा भेटायो ।

बङगलादेशको जितमा कप्तान अकबर अलीले सर्वाधिक ४५ रनको यागदान गरे । त्वाइड ह्रदयले २९ तथा प्रभिज हुसेन ईमोनले २८ रन जोडे । त्यसअघि ओमानको अल इमिरेट्स क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ थालेको हङकङले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १५० रन बनाएको थियो ।

उसकालागि बाबर हायातले सर्वाधिक ८५ तथा आन्शि राथले २५ रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन् ।

आजै हुने दोस्रो खेलमा अपगानिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १८:४१
प्रतिक्रिया दिनुहोस्