HOLI HOLI
साफ महिला च्याम्पियनसिप

भुटानसंग नेपालको बराबरी

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौँ : साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र भुटानबीचको खेल बराबरीमा टुंगिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा आज साँझ भएको खेलमा दुवै टोलीले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन् । तुलनात्मक रुपमा कमजोर मानिएको भुटानसंग बराबरी खेलेपछि नेपालको उपाधि जित्ने योजनामा धक्का लागेको छ ।

नेपाललले लगातार भुटानको पोष्टमा आक्रमण गरेपनि भुटानको डिफेन्स र गोलकिपर बाधक बन्यो । निर्धारित ९० मिनेट र थएिको ५ मिनेटको अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल हुन सकेन् ।

सर्वाधिक पाँच पटक फाईनल पुगेपनि नेपालले उपाधि भने उचाल्न सकेको छैन ।

आजै भएको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई एक शुन्यले पराजित गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १९:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला फुटबल वरियतामा नेपालको फड्को
शुक्रबार, कात्तिक २, २०८१

'बी' डिभिजन लिगको तयारी पूरा
शुक्रबार, कात्तिक २, २०८१

एपिएफ महिला गोल्ड कपको फाइनलमा
शुक्रबार, कात्तिक २, २०८१