ADD FOR WEBSIDE ADD FOR WEBSIDE

न्यूजल्याण्ड महिला टी–२० विश्वकपको फाइनलमा

शनिबार, कात्तिक ३, २०८१

काठमाडौँ : वेष्टइण्डिजलाई हराउँदै न्यूजल्याण्ड महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।

शुक्रवार राती भएको दोस्रो सेमिफाइनलमा वेष्टइण्डिजलाई ८ रनले हराउँदै न्यूजल्याण्डले फाइनलमा दक्षिण अफ्रिकासंग भेट पक्का गरेको हो ।

जितकालागि न्यूजल्याण्डले दिएको १२९ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२० रन मात्र  बनाउन सक्यो । उसकालागि डिआन्ड्रा डोटिनले बनाएको ३३ रननै सर्वाधिक रह्यो ।

त्यसअघि युएईको सारजाहा क्रिकेट स्टेडियममा टस जितेर सुरुवाती ब्याटिङ थालेको न्यूजल्याण्डले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो ।

फाइनल खेल आईतवार हुनेछ ।  
 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्