ADD FOR WEBSIDE ADD FOR WEBSIDE

इमर्जिङ एसिया कप : अफगानिस्तानसंग श्रीलंका ११ रनले पराजित

शनिबार, कात्तिक ३, २०८१

काठमाडौँ एसीसी पुरुष टी–२० इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा अफगानिस्तान “ए” ले विजयी सुरुवात गरेको छ ।

शुक्रवार राती भएको खेलमा श्रीलंका “ए” लाई ११ रनले हराउँदै अफगानिस्तान “ए” ले विजयी सुरुवात गरेको हो । जितकालाग अफगानिस्तानले दिएको १६७ रनको लक्ष्य पछ्याएको श्रीलंका १९.३ ओभरमा १५५ रनमा अलआउट हुनपुग्यो ।

श्रीलंकाका कप्तान नुवानिडु फर्नान्डोले अर्धसतकीय पारी खेलेपनि जित दिलाउन सकेनन् । ३२ बल खेलेका उनले ६ चौका र एक छक्का प्रहार गर्दै ५१ रन जोडेका थिए ।

त्यसअघि ओमानको अल अमिरात क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङमा तानिएको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १६६ रन बनाएको थियो ।

उसकालागि सेदिकुल्लाह अटलले बिस्पोटक ब्याटिङ गर्दै ८३ रन जोडे । ४६ बल खेलेका उनले २ चौका र ७ छक्का प्रहार गरे ।  

जुबैद अकबरीले ५७ रन जोडे । 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्