ADD FOR WEBSIDE ADD FOR WEBSIDE

गिनिज बुकमा नाम लेखाएका सजनलाई एन्फाको नगद सहयोग

शनिबार, कात्तिक ३, २०८१

काठमाडौँ :अखिल नेपाल फुटबलसंघ एन्फाले गिनिज वल्र्ड रेकर्ड बनाएका सजन डंगोललाई नगद पुरस्कारको घोषणा गरेको छ ।

डङगोलले एक घण्टामा अल्टरनेटिङ्ग खुट्टाले सबैभन्दा धेरै फुटबल टच गर्दै गिनिज वल्र्ड रेकर्ड बनाएका हुन् ।

उनले ९,२१८ टचका साथ कीर्तिमान बनाएका थिए ।  

एन्फाले राष्ट्रिय यू–१७ टोलीको बिदाइका क्रममा डंगोललाई ५० हजार नगद पुरस्कारको घोषणा गरेको हो ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्