ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपाल र अमेरिकाबीचको दोस्रो टि–ट्वान्टी भोली बिहान 

शनिबार, कात्तिक ३, २०८१

काठमाडौँ : नेपाल र अमेरिकाबीचको दोस्रो टि–ट्वान्टी आई सिरिज भोली बिहान हुने भएको छ ।

अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी स्टेडिममा हुने दोस्रो खेल नेपाली समय अनुसार भोली बिहान पौने ६ बजे सुरु हनेछ । नेपाल जितको लयलाई निरन्तरता दिदै एक खेल अगावै सिरज जित्ने योजनामा हुनेछ । घरेलु टोली अमेरिका पनि नेपाललाई हराउँदै सिरिज १–१ को बराबरी गर्न चाहन्छ ।

पहिलो टि ट्वान्टी खेलमा ब्याटिङ र बलिङ दुवै पक्षमा सबल देखिएको नेपालले १७ रनको जित निकाल्दै ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । तेस्रो तथा अन्तिम टि–ट्वान्टी सोमवार बिहान हुनेछ ।

कात्तिक ९ गतेबाट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज सुरु हुनेछ ।

त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डको सहभागिता रहने नेपाल क्रिकेटसंघ क्यानले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १९:५८
प्रतिक्रिया दिनुहोस्