ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–ट्वान्टी आई क्रिकेट

भुर्तेलको बिस्फोटक ब्याटिङमा अमेरिकालाई १७१ रनको लक्ष्य

आइतबार, कात्तिक ४, २०८१

काठमाडौँ : कुशल भुर्तेलले बिस्फोटक ब्याटिङ गरेपछि दोस्रो टि–ट्वान्टी आई क्रिकेटमा नेपालले अमेरिकासामु १७१ रनको चुनौति पेश गरेको छ ।

अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी स्टेडिममा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनायो । नेपालकालागि कुशल भुर्तेलले नटआउट ९२ रनको योगदान गरे । ५४ बलको सामना गरेका उनले ७ चौका र ६ छक्का प्रहार गरे ।

अनिल शाहले २५, कप्तान रोहित पौडेल र गुल्शन झाले १८/१८ रन बनाउँदा  दिपेन्द्र सिं ऐरीले २ तथा आशिफ शेख र आरिफ शेखले  १/१ रन जोडे । करण केसी ६ रनमा अविजित रहे ।

नेपाल जितको लयलाई निरन्तरता दिदै एक खेल अगावै सिरज जित्ने योजनामा हुनेछ । घरेलु टोली अमेरिका पनि नेपाललाई हराउँदै सिरिज १–१ को बराबरी गर्न चाहन्छ ।

पहिलो टि ट्वान्टी खेलमा ब्याटिङ र बलिङ दुवै पक्षमा सबल देखिएको नेपालले १७ रनको जित निकाल्दै ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । तेस्रो तथा अन्तिम टि–ट्वान्टी सोमवार बिहान हुनेछ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ०७:२६
प्रतिक्रिया दिनुहोस्