ADD FOR WEBSIDE ADD FOR WEBSIDE
महिला टी–२० विश्वकप

उपाधिकालागि दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

आइतबार, कात्तिक ४, २०८१

काठमाडौँ :आइसिसी महिला टी–२० विश्वकपको उपाधिकालागि आज दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुने खेलमा दुवै टोली पहिलो पटक च्याम्पियन बन्ने दाउमा हुनेछ ।

सर्वाधिक ६ पटकको अस्ट्रेलिया र एक पटकको उपाधि विजेता वेस्ट इन्डिज सेमिफाइनलबाट बाहिरिएपछि विश्वले आज नयाँ च्याम्पियन पाउने छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ०७:५७
प्रतिक्रिया दिनुहोस्