ADD FOR WEBSIDE ADD FOR WEBSIDE

अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपाललाई टी–ट्वान्टी सिरिज

आइतबार, कात्तिक ४, २०८१

काठमाडौँ : अमेरिकाविरुद्धको टी–ट्वान्टी आई सिरिज नेपालले जितेको छ । आज विहान भएको सुपर ओभरको खेलमा अमेरिकालाई हराउँदै नेपालले एक खेल बाँकी छँदै तीन खेलको सिरज २–० ले आफ्नो पक्षमा पारेको हो ।

जितकालागि नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १७० रन बनाएपछि खेल टाई भएको थियो । सुपर ओभरमा पहिले ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित एक ओभरमा २ विकेटको क्षतिमा २ रन मात्रै बनाउन सक्यो ।

अमेरिकालाई सस्तैमा समेट्ने क्रममा सोमपाल कामीले महत्वपूर्ण दुई विकेट हात पारे । उसकालागि एन्ड्रिज गौस र शायन जहाँगीरले १-१ रन जोडे । आरोन जोन्सले खातानै खोल्न सकेनन् ।

सुपर ओभरमा अमेरिकाले दिएको ३ रनको लक्ष्य नेपालले २ बल बाँकी छँदै  पुरा गर्यो । नेपालको जितमा कप्तान रोहित पौडेलले २ तथा कुशल भुर्तेलले १ रन जोडे । 

त्यसअघि अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी स्टेडिममा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनायो ।

नेपालकालागि कुशल भुर्तेलले नटआउट ९२ रनको योगदान गरे । ५४ बलको सामना गरेका उनले ७ चौका र ६ छक्का प्रहार गरे ।

अनिल शाहले २५, कप्तान रोहित पौडेल र गुल्शन झाले १८-१८ रन बनाउँदा  दिपेन्द्र सिं ऐरीले २ तथा आशिफ शेख र आरिफ शेखले  १-१ रन जोडे । करण केसी ६ रनमा अविजित रहे ।

तेस्रो तथा अन्तिम टि–ट्वान्टी सोमवार बिहान हुनेछ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्