ADD FOR WEBSIDE ADD FOR WEBSIDE

३६ वर्षपछि भारतीय भूमिमा न्यूजिल्याण्डले टेस्ट म्याच जित्यो 

आइतबार, कात्तिक ४, २०८१

काठमाडौँ : भारतविरुद्धको टेस्ट सिरिजको पहिलो खेलमा न्यूजील्याण्ड विजयी भएको छ ।

बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा भएको पहिलो टेस्टमा न्यूजिल्याण्डले भारतलाई ८ विकेटले पराजित गरेको हो । न्यूजिल्याण्डले ३६ वर्षपछि भारतीय भूमिमा टेस्ट म्याच जितेको छ । खेलको पाँचौं दिन न्यूजील्याण्डले पाएको १०७ रनको लक्ष्य २ विकेट गुमाएर पुरा गर्दै खेल ८ विकेटले जितेको हो ।

पछिल्लो १० बर्षमा भारतलाई घरेलु मैदानमा पराजित गर्ने न्यूजील्याण्ड तेस्रो देश बनेको छ । यस टेस्टमा भारत पहिलो इनिंगमा ४६ रनमा समेटिएको थियो भने न्यूजील्याण्डले पहिलो इनिंगमा ४०२ रन बनाएको थियो । त्यस्तै भारतले दोस्रो इनिंगमा ४६२ रन बनाएर खेलमा हावी हुने प्रयास गरेको थियो ।  यो जितपछि ३ खेलको सिरिजमा न्यूजील्याण्ड १–० को अग्रता बनाएको छ

। अब सिरिजको दोस्रो खेल अक्टोबर २४ देखि पुणेमा हुने छ ।

भारतविरुद्धको जितपछि न्यूजिल्याण्ड ४४ दशमलव ४४ अंकसहित चौथो स्थानमा पुगेको छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्