ADD FOR WEBSIDE ADD FOR WEBSIDE

हिरा कुमारी र  दीपा शाहीको शल्यक्रिया ,९ महिना मैदान बाहिर रहने

आइतबार, कात्तिक ४, २०८१

काठमाडौँ : राष्ट्रिय महिला टोलीकी डिफेन्डर हिरा कुमारी भुजेल र मिडफिल्डर दीपा शाहीको शल्यक्रिया गरिएको छ ।

भुटानविरुद्धको खेलमा एसीएलमा चोट लागेपछि उनीहरु दुवै जनाले साफ महिला च्याम्पियनसिपको बाँकी खेल गुमाउने भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

टोलीका चिकित्सक ज्योति राई र फिजियोथेरापिस्ट नवीना वैद्यले आज उनीहरु दुबै घाइते भएको पुष्टि गर्दै दुवै खेलाडीको सोही दिन शल्यक्रिया गरिएको बताएका छन् ।

फिजियोथेरापिस्ट वैद्यले एसीएल शल्यक्रियाबाट निको हुन सामान्यतया करिब नौ महिना लाग्ने जाकनारी दिए ।

भुटानसँगको पहिलो खेलमा नेपालले गोलरहित बराबरी खेलेको बेला भुजेल र शाहीलाई स्थानान्तरण गरिएको थियो । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्