ADD FOR WEBSIDE ADD FOR WEBSIDE

मानबहादुर श्रेष्ठले सन्यास लिए

आइतबार, कात्तिक ४, २०८१

काठमाडौँ : राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले सन्यासको घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आज  उनले सन्यासको घोषणा गरेका हुन् । यो निर्णय लिन सहज नभएपनि  जिम्मेवारी नयाँ पुस्तालाई दिने समय आएकोले  धेरै सोचविचार पछि कप्तानी त्याग्ने र अवकाश लिने निर्णय गरेको उनले जारी गरेको भिडियोमा उल्लेख छ ।

सन् २०१५ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका श्रेष्ठले नेपालले खेलेको पाँच वटै सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिग खेलेका छन् । उनी घरेलु प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मीको कप्तानी गर्दै आएका छन् ।

उनले अर्को जन्म पाएमा फेरि भलिबल खेलाडी भएर जन्मन पाउँ भनि कामना समेत गरेका छन् । 


 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १९:१६
प्रतिक्रिया दिनुहोस्