ADD FOR WEBSIDE ADD FOR WEBSIDE

बङ्गलादेश र पाकिस्तानबीचको खेल बराबरीमा

आइतबार, कात्तिक ४, २०८१

कााठमाडौँ : साफ महिला च्याम्पियनसिपमा बङ्गलादेश र पाकिस्तानबीचको खेल बराबरीमा टुंगिएको छ ।

त्रिपुरेश्वर स्थित खेल दशरथ रङ्गशालामा आज साँझ भएको खेलमा पाकिस्तानले अग्रता जोगाउन नसक्दा एक–एक गोलको बरारीमा चित्त बुझाएको हो । खेलको ३१ औँ मिनेटमा जमिना मलिकले गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाएपनि अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा रोकिन पुग्यो ।

खेलको ९० औँ मिनेटमा साम्सुनाहारले गोल गर्दै बंगालादेशलाई एक–एक को बराबरीमा पुर्याए । बराबरीसंगै दुवै टोलीले एक–एक अंक बाँडेका छन् । प्रतियोगितामा पाकिस्तानले पहिलो खेलमा भारतसँग हार व्यहोरेको थियो ।

साफ महिला च्याम्पियनसिपमा भारतले पाँच पटक उपाधि जितेको छ भने बङ्गलादेश एक पटक च्याम्पियन बनेको छ 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १९:३६
प्रतिक्रिया दिनुहोस्