ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपाल र अमेरिकाबिचको अन्तिम टी–ट्वान्टी भोली बिहान

आइतबार, कात्तिक ४, २०८१

काठमाडौँ : अमेरिकाविरुद्धको तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेल भोली बिहान हुने भएको छ ।

भोली बिहान पौने ६ बजे हुने खेलमा नेपाल घरेलु टोलीलाई हराउँदै सिरिज क्लीन स्वीप गर्ने योजनमा हुनेछ भने अमेरिका सान्त्वना जित निकाल्न चाहान्छ । आज विहान भएको खेलमा सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले एक खेल बाँकी छँदै तीन खेलको सिरज २–० ले जितिसकेको छ । नेपालको जितमा सोमपाल कामी नायक बने ।

 अमेरिकालाई सस्तैमा समेट्ने क्रममा सोमपालले दुई विकेट हात पारे । उसकालागि एन्ड्रिज गौस र शायन जहाँगीरले १–१ रन जोडे । आरोन जोन्सले खातानै खोल्न सकेनन् । जितकालागि नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १७० रन बनाएपछि खेल टाई भएको थियो ।

सुपर ओभरमा पहिले ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित एक ओभरमा २ विकेटको क्षतिमा २ रन मात्रै बनाउन सक्यो ।

सुपर ओभरमा अमेरिकाले दिएको ३ रनको लक्ष्य नेपालले २ बल बाँकी छँदै  पुरा गर्यो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले २ तथा कुशल भुर्तेलले १ रन जोडे । 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  २०:०६
प्रतिक्रिया दिनुहोस्