ADD FOR WEBSIDE ADD FOR WEBSIDE

कश्मीर म्याराथनमा नेपालका धर्म महर्जन प्रथम

आइतबार, कात्तिक ४, २०८१

काठमाडौँ : सर्वाधिक पुरस्कार राशीको कश्मीर म्याराथनमा नेपालका भेट्रान धावक धर्म महर्जन प्रथम भएका छन् ।

भारतको कश्मीर स्थित श्रीनगरमा आइतवार भएको म्याराथन तर्फको उमेर समुहमा धर्म महर्जन प्रथम भएका हुन् । उनले निर्धारित दूरी दुई घण्टा ४७ मिनेटमा पूरा गरेका हुन् । सोही उमेर समुहमा  रेवत दाहाल दोस्रो भए । उनले निर्धारित दुरी दुई घण्टा ५१ मिनेटमा पूरा गरे ।

हाफ म्याराथन महिलातर्फ सिता रिमाल दोस्रो भईन् । ५० बर्षमाथिको उमेर समुहमा राजु श्रेष्ठले चौथो स्थान हात पारे । खुलातर्फ केन्याका धावकले प्रथम देखि चौथो स्थान हात पारेका छन् ।

नेपालका अनिश थापा पाँचौ भए । जम्मू– कश्मीरमा भएको पहिलो ठूलो अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा भाग लिन देश  विदेशका २ हजार एथलीट र धावकहरूले सहभागिता जनाएका थिए ।

Kasmir-marathoon-1729441007.jpg

जम्मू–कश्मीरका मुख्यमन्त्री ओमर अब्दुल्लाले पनि कश्मीर म्याराथन २०२४ मा सहभागिता जनाएका थिए । ५४ वर्षीय ओमरले आफ्नो पहिलो हाफ म्याराथन पूरा गरे ।

२१ किलोमिटर दौडिएका उनले डल तालको रमणीय बोलुभार्ड रोड हुँदै कश्मीर विश्वविद्यालय पुग्न दुई घण्टाभन्दा बढी समय लगाएका थिए । 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  २१:२०
प्रतिक्रिया दिनुहोस्