ADD FOR WEBSIDE ADD FOR WEBSIDE

भोटेचौरमा एक लाख राशीको भलिवल प्रतियोगिता हुने

सोमबार, कात्तिक ५, २०८१

मेलम्ची:सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका -१ भोटेचौरमा एक लाख राशि पुरस्कार भएको भलिवल प्रतियोगिता हुने भएको छ ।

शुभ-दिपावलीको अवसर पारेर यहि कार्तिक १३,१४ र १५ गते तीन दिन दोस्रो नगर स्तरिय खुला भलिबवल प्रतियोगिता हुने मुल आयोजक समिति मेलम्ची वडा नम्बर १ का सह-संयोजक विनोद चौलागाँईले स्पोर्टस् हबलाई जानकारी दिए  । प्रतियोगितामा प्रथम हुनेले मेडल ट्रफी र प्रमाणपत्र सहित नगद एक लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

यस्तै दोस्रो हुनेले मेडल ट्रफी र प्रमाणपत्र सहित ५० हजार तथा तेस्रो हुने टोलीले मेडल ट्रफी र प्रमाणपत्र सहित २५ हजार पुरस्कार पाउने छन् ।

प्रतियोगितामा सहभागि हुन चाहानेले कार्तिक १२ गते ४ बजेसम्म टिम दर्ता गराई सक्नुपर्ने सह-संयोजक चौलागाँईले बताए । टिम दर्ता शुल्क ६ हजार रुपैयाँ तोकिएको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०७:३८
प्रतिक्रिया दिनुहोस्