ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० महिला विश्वकप

महिला विश्वकपको उपाधि न्युजिल्यान्डलाई 

दक्षिण अफ्रिका ३२ रनले पराजित
सोमबार, कात्तिक ५, २०८१

काठमाडौँ : टी–२० महिला विश्वकप क्रिकेटको उपाधि न्युजिल्यान्डले चुमेको छ ।

आईतवार राती भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्यूजल्याण्डले पहिलो पटक उपाधि जितेको हो । जितकालागि १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।

newsland-cricket-women-1729450621.jpg

उसकालागि ओपनिङमा आएका कप्तान लौरा वोल्भार्ड र ताजमिन ब्रिट्सले टोलीलाई राम्रो सुरुवात गरे पनि जित दिलाउन सकेनन् । पहिलो विकेटका लागि दुवैले ५१ रनको साझेदारी गरे ।

लौराले ३३ तथा ब्रिट्सले १७ रन जोडिन् । पहिलो विकेटपछि अफ्रिकी टोलीले पुनरागमन गर्न सकेन । त्यसपछि अफ्रिकी टोलीले लगातार विकेट गुमाउन पुग्यो ।

southafrica-women-cricket-1729450646.jpg

युएइको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको फाइनलमा अफ्रिकाले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । जुन निर्णय अफ्रिकाका लागि ठूलो गल्ती साबित भयो ।

पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले २० ओभरमा १५८/५ रन जोडेको थियो । न्युजिल्याण्डका लागि अमेलिया केरले ३८ बलमा ४ चौकाको मद्दतले ४३ रन बनाएकी थिइन् । बु्रक होलिडेले ३८ तथा सुजी बेट्सले ३२ रन बनाईन् ।

newsland-team-1729450674.jpg

सन् २०२४ मा दक्षिण अफ्रिकाले दोस्रो पटक टी–२० विश्वकपको उपाधि गुमाएको छ । टी–२० विश्वकपको फाइनलमा अफ्रिकी टोली फेरि ‘चोकर’ साबित भएको छ ।

यसअघि सन् २०२४ को टी–२० विश्वकपको फाइनलमा अफ्रिकी पुरुष टोली भारतसँग पराजित भएको थियो । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ००:४४
प्रतिक्रिया दिनुहोस्