ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–ट्वान्टी सिरिज

अमेरिकाले दियो नेपाललाई १५७ रनको लक्ष्य

सोमबार, कात्तिक ५, २०८१

काठमाडौँ : घरेलु टोली अमेरिकाले तेस्रो तथा अन्तिम टी–ट्वान्टी क्रिकेटमा नेपालसामु १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

डालास स्थित ग्राण्डप्रेरी स्टेडियममा टस जितेर पहिले ब्याटिङ थालेको अमेरिकाले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १५६ रन बनायो । उसकाागि साइतेजा मुक्कामल्लाले बिस्फोटक ब्याटिङ गर्दै अर्धसतकीय पारी खेले । ५१ बलको सामना गरेका उनले ५ चौका र दुई छक्काको मद्धतमा ६८ रन जोडे ।  

मिलन्द कुमारले ४३ तथा आरोन जोन्सले १३ रन जोडे । शायन जहाँगीरले ९ रनको योगदान गरे ।  बलिङतर्फ सोमपाल कामीले तीन तथा रिजन ढकाल र ललित राजवंशीले १–१ विकेट हात पारे ।

तीन खेलको सिरिज भने यसअघि नै नेपालले २–० ले जितिसकेको छ । नेपाल आज अमेरिकालाई हराउँदै सिरिज क्लीन स्वीप गर्ने योजनमा छ । घरेलुटाली अमेरिका सान्त्वना जित निकाल्न चाहान्छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०७:२१
प्रतिक्रिया दिनुहोस्