ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टि–२० बिश्वकप:

निकै व्यस्त छन् नेपाली क्रिकेट टोली अमेरिका र वेष्टईण्डिजमा  

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं: टि–२० विश्वकप क्रिकेटको तयारीमा रहेको नेपाली क्रिकेट टोली प्रशिक्षणमा व्यस्त देखिएको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार गत बुधवार देखि नै अमेरिकाको फ्लोरिडा प्रशिक्षण शिविरमा ब्यस्त रहेको नेपाली टोली शनिवारसम्म त्यहाँ प्रशिक्षणमा व्यस्त रहनेछ ।

प्रशिक्षण सकिएलगत्तै नेपाली टोली विश्वकप खेल हुने स्थान वेष्टईण्डिजको सेन्ट भिन्सेन्ट अवलोकनका लागि आईतवार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । त्यसलगत्तै सोमवार नेपाली टोली प्रशिक्षणमा रहनेछ ।

nepali-cricket-2-1715338392.jpg

प्रशिक्षणपछि नेपाली राष्ट्रिय टोलीले सेन्ट भिन्सेन्ट र विन्डवर्ड आईल्याण्डका खेलाडीहरु सम्मिलत संयुक्त टोलीसंग क्रिकेट खेल्ने तालिका छ । त्यसको एक दिनपछि आराम गरेर नेपाली टोलीले उही टोलीसंग दोस्रो खेल खेल्ने छ । मे १७ मा एक दिन आराम र अतिरिक्त प्रशिक्षणमा सामेल हुनेछ ।  मे १८ मा सेन्ट भिन्सेन्ट र विन्डवर्ड आईल्याण्डका खेलाडीहरु सम्मिलत संयुक्त टोलीसंग तेस्रो खेल खेल्नेछ । त्यसलगत्तै नेपाली क्रिकेट टोली अमेरिका फर्कनेछ ।

nepali-cricket-3-1715338434.jpg

अमेरिकाको ह्युस्टनमा ओर्लिएपछि एक दिन आराम पश्चात नेपाली टोलीले ह्युस्टन सेन्टर विकेट प्रशिक्षण केन्द्रमा विशेष प्रशिक्षण गर्नेछ । त्यसको भोलिपल्ट नेपालले मे २२ र मे २३ दुई दिन अभ्यास खेल खेल्ने छ ।

मे २४ एक दिन आराम गरेपछि नेपाली क्रिकेट टोलीले विश्वकप क्रिकेटको वार्मअप म्याचहरु खेल्ने छ । वार्मअप म्याच को संग खेल्ने ? भन्नेबारे क्यानले केहि खुलाएको छैन ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्