ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपालले आज माल्दिभ्सको सामना गर्दै,साम्बा मैदान उत्रने

सोमबार, कात्तिक ५, २०८१

काठमाडौँ : नेपालमा जारी महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले माल्दिभ्सको सामना गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा साँझ ५ः३० बजे खेलमा घरेलुटोली पहिलो जितको खोजिमा हुनेछ । पहिलो खेलमा भुटानसंग बराबरी खेलेको नेपालले सेमिफाइनल सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्ने दबाब छ । भुटानविरुद्धको खेलमा एसीएलमा चोट लागेपछि डिफेन्डर हिरा कुमारी भुजेल र मिडफिल्डर दीपा शाहीले साफका बाँकी खेल गुमाउने भएका छन् ।

चिकित्सक ज्योति राई र फिजियोथेरापिस्ट नवीना वैद्यले उनीहरु दुबै घाइते भएको पुष्टि गर्दै दुवै खेलाडीको शल्यक्रिया गरिएको बताएका छन् । फिजियोथेरापिस्ट वैद्यले एसीएल शल्यक्रियाबाट निको हुन सामान्यतया करिब नौ महिना लाग्ने बताएकी छन् । यद्धपी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ माल्दिभ्स विरुद्धको खेलमा मैदान उत्रने भएकी छन् ।

 फ्रान्सेली महिला फुटबलमा शीर्ष श्रेणीको लिग क्लब अभान्ट ग्वेन्ग्याम्पबाट व्यावसायिक फुटबल खेलिरहेकी सावित्राले साफ महिला च्याम्प्यिनसिप २०२४ को पहिलो खेल गुमाएकी थिइन् । उनी आइतवार राती नेपाल आईपुगेकी छन् ।

 हिरा कुमारी भुजेल र मिडफिल्डर दीपा शाही मैदान बाहिर रहदाँ साम्बाको उपस्थितिले नेपाललाई केहि राहत मिल्ने देखिएको छ । यसअघि आजै हुने पहिलो खेलमा भुटान र श्रीलंका आमने समाने हुदैँछन । यी दुई टोलीबीचको खेल दिउँसो १:३० बजे दशरथरंगाशालामा हुनेछ । 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०७:३६
प्रतिक्रिया दिनुहोस्