ADD FOR WEBSIDE ADD FOR WEBSIDE

अमेरिकाविरुद्धको सिरिजमा नेपालको क्लीन स्वीप

घरेलु टोली ८ विकेटले पराजित
सोमबार, कात्तिक ५, २०८१

काठमाडौँ : अमेरिका विरुद्धको टी–२० सिरिज नेपालले क्लीन स्वीप गरेको छ ।

आज विहान भएको तेस्रो तथा अन्तिम खेलमा घरेलुटोलीलाई ८ विकेटले हराउँदै नेपालले सिरिज क्लीन स्वीप गरेको हो । जितकालागि अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा मात्र २ विकेटको क्षतिमा भेटायो । नेपालको जितमा आशिफ शेखले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ५० रनको योगदान गरे ।३९ बलको समाना गरेका उनले ५ चौका र २ छक्का प्रहार गरे ।

कुशल मल्ल ४४ तथा कुशल भुर्तेल ४० रनमा अविजित रहे । अनिल शाहले १३ रन जोडे ।

बलिङतर्फ जुआनोय ड्रिसडेल र जसदीप सिंहले १–१ विकेट लिए ।

त्यसअघि डालास स्थित ग्राण्डप्रेरी स्टेडियममा टस जितेर पहिले ब्याटिङ थालेको अमेरिकाले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १५६ रन बनाएको थियो । उसकाागि साइतेजा मुक्कामल्लाले बिस्फोटक ब्याटिङ गर्दै अर्धसतकीय पारी खेले ।

५१ बलको सामना गरेका उनले ५ चौका र दुई छक्काको मद्धतमा ६८ रन जोडे ।  मिलन्द कुमारले ४३ तथा आरोन जोन्सले १३ रन जोडे । शायन जहाँगीरले ९ रनको योगदान गरे ।  बलिङतर्फ सोमपाल कामीले तीन तथा रिजन ढकाल र ललित राजवंशीले १–१ विकेट हात पारे ।

यो संगै तीन खेलको सिरिज ३–० ले जित्दै क्लीन स्वीप गरेको छ । पहिलो खेलमा १७ रनको जि निकालेको नेपालले दोस्रो खेलमा घरेलुटोलीलाई सुपर ओभरमा पराजित गरेको थियो । 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०९:०८
प्रतिक्रिया दिनुहोस्