ADD FOR WEBSIDE ADD FOR WEBSIDE
साफ महिला च्याम्पियनसिप

श्रीलंकालाई हराउँदै भुटान शिर्षमा

सोमबार, कात्तिक ५, २०८१

काठमाडौँ : साफ महिला च्याम्पियनसिप फुटबल भुटानले पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा श्रीलंकाविरुद्ध ४–१ को जित निकाल्दै भुटानले सेमिफाईनल सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा नेपाल विरुद्ध ऐतिहासिक बराबरी खेलेको भुटानले श्रीलंकाविरुद्ध शनसनीपूर्ण जित निकालेको हो ।

May be an image of 4 people, people playing soccer, people playing football and text

जितसंगै भुटान समुह "बी'' को शिर्ष स्थानमा उक्लिएको छ । भुटानको जितमा देकी लाजोमले दुई गोल गरिन् ।  देर्जी एडोन र नामगेल देमाले एक-एक गोल गरिन्  । श्रीलंकाका लागि कप्तान थुशानी मदुसीकाको सान्त्वना गोल गरिन् ।  

पहिलो खेलमा माल्दिभ्सलाई हराएको श्रीलंका भुटानसँग स्तब्ध बन्न पुगेको हो । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्