ADD FOR WEBSIDE ADD FOR WEBSIDE
साफ महिला च्याम्पियनसिप

माल्दिभ्सको पोष्टमा नेपालको ११ गोल 

सोमबार, कात्तिक ५, २०८१

काठमाडौँ : माल्दिभ्समाथि फराकिलो जित निकाल्दै घरेलु टोली नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको शिर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज साँझ भएको खेलमा माल्दिभ्समाथि ११–० को फराकिलो जित निकाल्दै नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो । नेपालको जितमा रेखा पौडेलले सर्वाधिक ५ गोल गरिन् । प्रिती राईले ह्याट्रिक गोल गरिन् । यस्तै सविता राना मगर, अमिशा कार्की र अनिता केसीले १–१ गोल गरिन् ।

May be an image of 2 people, people playing soccer, people playing football and text

पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा माल्दिभ्सको पोष्टमा  ७ गोल थपेको थियो । समुह बी मा नेपाल र भुटानको समान चार अंक भएपनि गोल अन्तरमा नेपाल अगाडी छ ।

नेपालले अब समुह चरणको अन्तिम खेलमा बिहिवार श्रीलंकासंग खेल्नेछ । उक्त खेलमा बराबरी मात्रै खेलेपनि नेपाल सेमिफाइनलमा पुग्नेछ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १९:३९
प्रतिक्रिया दिनुहोस्