ADD FOR WEBSIDE ADD FOR WEBSIDE

इमर्जिङ टिम्स एसिया कपमा आज दुई खेल

मंगलबार, कात्तिक ६, २०८१

काठमाडौँ : एसीसी पुरुष टी–२० इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज दुई खेल हुनेछन् ।

ओमानको अल अमिरात स्टेडियममा दिउँसो २:४५ बजे हुने पहिलो खेलमा अफगानिस्तान “ए” र हङकङबीच प्रतिस्पर्धा हुदैँछ । खेलेका दुवै खेलमा जित निकाल्दै समुह ए को शिर्ष स्थानमा रहेको अफगानिस्तान तेस्रो जितको खोजिमा हुने छ ।  लगातार दुई खेल हारेको हङकङ पहिलो जितको खोजिमा छ ।

समुह “ए” मा रहेका चार टोलीबीच आज प्रतिस्पर्धा हुन लागेको हो ।

यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ :१५ बजे अल अमिरात स्टेडियममा हुने छ । दोस्रो खेलमा श्रीलंका र बङ्गलादेशबीच प्रतिस्पर्धा हुदैँछ । खेलेका दुई खेलमा एकमा जित र एकमा हार भोगेको दुवै टोलीको समान दुई दुई अंक छ ।

यसअघि सोमवार भएको खेलमा  पाकिस्तानले ओमानलाई ७४ रनले हराउँदा युएई भारतसंग ७ विकेटले पराजित भएको छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  ०७:५४
प्रतिक्रिया दिनुहोस्