ADD FOR WEBSIDE ADD FOR WEBSIDE

जन्मदिन मनाउनै लाग्दा बुबा बनेपछि..........

मंगलबार, कात्तिक ६, २०८१

काठमाडौँ : भारतीय टेस्ट टोलीका टेस्ट स्टार ब्याट्सम्यान सरफराज खान बुबा बनेका छन् ।

न्युजिल्यान्डविरुद्ध तीन खेलको टेस्ट सिरिज खेलिरहेका खान बुबा बनेका हुन् । उनका श्रीमती रोमाना जहूरले गएराती छोरालाई जन्म दिएकी हुन् । बेंगलुरुमा खेलिएको सिरिजको पहिलो टेस्टमा सर्फराजले शानदार इनिङ खेल्दै १५० रन बनाएका थिए । जुन रन निकै चर्चामा पनि छ ।

सिरिजको बीचमा सरफराज बाबु बनेका हुन् । उनले इन्स्टाग्राममा आफ्नो स्टोरी सेयर गर्दै पिता बन्ने जानकारी दिएका छन् । सरफराजले दुई तस्विर सेयर गरेका छन् । एउटा तस्विरमा उनी आफैंले छोरालाई काखमा लिएर बसेका छन् भने दोस्रो तस्विरमा सरफराजसँग उनका पिता नौशाद खान पनि देखिएका छन् ।

आश्चर्यको कुरा के हो भने  सरफराजले आज आफ्नो २७ औं जन्मदिन मनाउँदैछन् । त्यसको दुई घण्टाअघि मात्रै उनको छोरा जन्मिएको हो । सरफराजले अगस्ट ०६, २०२३ मा कश्मीरकी रोमाना जहूरसंग शोपिया जिल्लाको पाशपोरा गाउँमा बिबाह गरेका थिए ।

सरफराजले आफ्नो अन्तर्राष्ट्रिय करियरमा अहिलेसम्म ४ टेस्ट खेलेका छन् । यी खेलका ७ इनिङ्समा ब्याटिङ गर्दै उनले ५८.३३ को औसतमा ३५० रन बनाएका छन् ।

यस अवधिमा उनले १ शतक र ३ अर्धशतक बनाएका छन् जसमा उनको उच्च स्कोर १५० रन थियो ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  ०८:१०
प्रतिक्रिया दिनुहोस्