ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेयमारको कमब्याकमा हिलालको तेस्रो जित

मंगलबार, कात्तिक ६, २०८१

एजेन्सी :नेयमार फर्किएपछि साउदी क्लब अल हिलालले एएफसी च्याम्पियन्स लिगमा लगातार तेस्रो जित निकालेको छ ।

इन्जुरिका कारण एक बर्षदेखि मैदान बाहिर रहेका नेइमार यस खेलमा सब्स्टिच्युटको रुपमा खेलको ७७ औ मिनेटमा मैदान प्रवेश गरेका थिए ।

गएराती सम्पन्न खेलमा अल हिलालले युएईको क्लब अल  ऐनलाई ५–४ गोल अन्तरले पराजित गरेको हो ।अल हिलालको जितमा सालेम अल्दावसरीले ह्याट्रिक गोल गरे ।

सेर्गेज मिलिनकोभिक र रेनान लोडीले एक एक गोल गरे । अल ऐनका लागि सोउफिआने रहिमीले ह्याट्रिक गरेका थिए भने माटेओ सनाबरियाले एक गोल गरे ।

८२औ मिनेटमा अलि अल्बूलायहिले रातो कार्ड पाएपछि अल हिलाल १० खेलाडीमा सिमित भएको थियो ।

जितसंगै ३ खेलबाट ९ अंक जोडेको हिलाल तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्