ADD FOR WEBSIDE ADD FOR WEBSIDE

ग्लास्को कमनवेल्थ गेम्समा एक दर्जन खेल कटौती

मंगलबार, कात्तिक ६, २०८१

काठमाडौँ :आगामी वर्ष ग्लास्कोमो हुने कमनवेल्थ गेम्समा भारी मात्रामा खेलकुदका बिधाहरु हटाईएको छ ।

सन् २०२६ मा बेलायतको ग्लासगोमा हुने कमनवेल्थ खेलकुदबाट धेरै खेल हटाइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आधिकारिक रूपमा आयोजकले कुनै जानकारी नदिएपनि प्रतियोगितालाई बजेट अनुकूल बनाउन झण्डै एक दर्जन खेलहरु हटाईएका छन् ।

यसपटकको प्रतियोगितामा हक्की,स्क्वास,रग्बी, क्रिकेट लगायतका खेलहरु नखेलाईने भउको छ । यस्तै बीच भलिवल,डाइभिङ,ब्याडमिन्टन,टेबल टेनिस,कुस्ती ट्रायथलन लगायतका खेलहरु कटौती गरिएका छन् ।

ग्लासगोमा जम्मा १० खेलका लागि मात्रै प्रतिस्पर्धा हुनेछ । यसअघि सन् २०२२ मा इंगल्याण्डको बर्मिङ्घममा २८ जुलाईदेखि ८ अगस्टसम्म सम्पन्न कमनवेल्थ गेम्समा ७२ देशले भाग लिएका थिए ।

त्यसबेला १९ खेलमा २८३ पदककालागि प्रतिस्पर्धा भएको थियो । उक्त प्रतियोगितामा ४ हजार ५ सय खेलाडीहरु सहभागि भएका थिए । अष्ट्रेलिया आयोजका रुपमा पछि हटेपछि बेलायतमा खेल तय भएको हो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्