ADD FOR WEBSIDE ADD FOR WEBSIDE

अफगानिस्तानद्वारा हङकङसामु १३२ रनको लक्ष्य 

मंगलबार, कात्तिक ६, २०८१

काठमाडौँ : एसीसी पुरुष टी–२० इमर्जिङ टिम्स एसिया कप क्रिकेट अफगानिस्तान “ए” ले हङकङसामु जितकालागि १३२ रनको मध्यम लक्ष्य पेश गरेको छ ।

ओमानको अल अमिरात स्टेडियममो टस जितेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले १९.५ ओभरमा सवै विकेट गुमाउँदै १३१ रन बनाएको हो । उसकालागि सिदीकुल्लाह अटलले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ५२ रन जाडे ।

करिम जन्नतले २१,नुमान शाहले २० तथा कप्तान द्रविस राशोलीले १८ रन जोडेपनि अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा आन्श खानले सर्वाधिक ६ विकेट लिए ।

खेलेका दुवै खेलमा जित निकाल्दै समुह ‘ए’को शिर्ष स्थानमा रहेको अफगानिस्तान तेस्रो जितको खोजिमा छ ।  

लगातार दुई खेल हारेको हङकङ भने पहिलो जित निकाल्न चाहान्छ ।

आजै साँझ सवा ७ बजे हुने दोस्रो खेलमा श्रीलंका र बङ्गलादेशबीच प्रतिस्पर्धा हुदैँछ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्